Posts

गोरखाका थप चार जनामा कोरोना

Image
गोरखाका चारजनामा कोरोना पोजेटिभ देखिएको छ । शुक्रराज ट्रपिकल अस्पताल टेकुमा बुधबारको परीक्षणमा एक महिला र तीन जना पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । उनीहरु चारै जना भीमसेन थापा गाउँपालिका ६ अश्राङका बिभिन्न क्वारेण्टाइनका रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । एकजना २८ बर्षकी महिला चितवनको भरतपुरबाट आएको र अरु तीनजना भारतबाट आएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिए । समाचार दरौदि खबरबाट।

थप २७९ जनामा कोरोना संक्रमण, संक्रमित सं‌ख्या ४३६४ पुग्यो

Image
२८ जेठ, काठमाडौं । बुधबार थप २ सय ७९ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । जसमध्ये २५७ जना पुरुष र २२ जना महिला रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना भाइरस संक्रमण निको हुनेको संख्या ६ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ९० रहेको छ ।